२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


माघ महिनाको उत्कृष्ट प्रहरीमा लुभुका प्रहरी इन्चार्ज बुढाथोकी



प्रहरी प्रभाग लुभु ललितपुरमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकी २०८० साल माघ महिनाको उत्कृष्ट प्रहरीबाट पुरस्कृत भएका छन् । लागुऔषद, चोरीलगायतलाई नियन्त्रण कम गर्न सफल भएका भन्दै पुरस्कृत भएका छन् ।

प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एवम् अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राखेकोमा उनलाई पुरस्कृत गरेको हो ।

योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसा.पत्रसहित ईलाका प्रहरी कार्यालय खजुरी धनुषा दरवन्दी भई यस लुभु प्रहरी प्रभागमा कार्यरत उनलाई पुरस्कृत गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जनाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : ०१ बजे