५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी



क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले दिएको २४१ रनको चुनौती नेपालले अन्तिम ओभरको पहिलो बलमा आठ विकेटको क्षतिमा पुरा गरेको हो ।

नेपाल ‘ए’ का लागि कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ७४ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै बसिर अहमदले अविजित ५२ रन बनाउनुभयो । उहाँले ७३ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको थियो ।

यस्तै रासिद खानले ४७, अर्जुन कुमाले ४० र किरण ठगुन्नाले १३ रन बनाउनुभयो । बलिङमा क्यानडाका अमोर खालिद, शाहिद अहमदजाई र निखिल दत्तले दुई दुई तथा कप्तान सादबिन जफर र हर्ष ठेकरले एक एक विकेट लिनुभयो ।

यसअघि क्यानडाले ४९।५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । नेपालको जितमा कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेल्नुभयो । कप्तान जोरखाले ७४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाउनुभयो । अहमदले ७३ बलमा ५२ रन बनाउनुभयो ।

क्यानडाका लागि श्रेयस मोम्भाले सर्वाधिक ६८ रन बनाउनुभयो । यस्तै नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ र डिलोन हेलिगरले १६ रन जोड्नुभयो । बलिङमा नेपाल ‘ए’ का साहब आलम र रासिद खानले तीनरतीन विकेट लिनुभयो । शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमद एक एक विकेट लिनुभयो ।

तीन खेलको सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा क्यानडासँग चार विकेटले पराजित भएको थियो । नेपालको आजको जितले सिरिजमा १–१ को बराबरी भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ४८ बजे