९ असार २०८२, सोमबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गृह मन्त्रालयबाट बाहिरिए, आफु परिचय नभएको अनागरिक भएको भनाई



सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताएका हुन ।

उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरेका थिए । अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ? उनले भने,अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु । भन्ने प्रतिक्रिया दिदै मन्त्रालयबाट बाहिरीएका हुन ।
तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री जेपी गुप्तलाई २०६७ सालमा समेत अनियमिताको मुद्दा फैसला भएपछि झण्डावाला गाडी चडेर अदालत पुुगेका मन्त्रीलाई पुुगेका उनलाई जेल चलान गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ०८ बजे