५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गोर्खालीलाई रग्वी लिग उपाधि



राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ । दशरथ रङ्गशालामा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।

अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्वी ९ अङ्कसहित च्याम्पियन बनेको हो । गोर्खाली रग्वीले रनिङ ट्रफीसहित एक लाख रुपियाँ पुरस्कार जितेको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो बन्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपीएफ उपविजेता बनेको हो । एपीएफले सात अङ्क जोड्यो । एपीएफले ट्रफी, पदकसहित ५० हजार रुपियाँ पुरस्कार पायो । च्याम्पियनसिपमा तेस्रो भएको आर्मीले पाँच अङ्क जोडेको छ । चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल प्रहरी तीन अङ्कसाथ अन्तिममा रह्यो ।

प्रतियोगितामा एपीएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर राष्ट्रिय टिम निर्माण गरिने आयोजक नेपाल रग्वी सङ्घले जनाएको छ । विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पु्रस्कार प्रदान गर्नुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ३८ बजे