१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सत्तारुढ दलले मंगलबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने



सत्तारुढ दलहरूले मंगलबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।

गठबन्धन फेरिएर फागुन २१ मा मन्त्रीमण्डल पुनर्गठन भएसँगै सरकारमा पाँच दल सहभागी छन् । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीका दुई दुई जना नेता सम्मिलित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि सार्वजनिक गर्न लागिएको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट बिहान १० बजे दलहरूका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा पाँचै दलका शीर्ष नेता सहभागी हुनेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ४६ बजे