३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एलिना चौहानले प्रेमी विष्णुसँग विवाह गर्दै



गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् ।

विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् ।

करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।

दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि उनीहरूबिच ब्रेकअपको हल्ला पनि चलेको थियो । उनले नै त्यो प्रेम अव सम्झन चाहन्न भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : ५९ बजे