१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


न्युटन इन्टरनेशनल कलेजले १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न



गोकर्णेश्वर नगरपालिका काठमाडौँमा रहेको न्युटन इन्टरनेशनल कलेजले १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संघिय सांसद तथा अर्थ समिति सभापति समेत रहेका सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । पूर्व प्रधानसेनापति प्याराजङ थापाको सभापतित्वमा संचालन भएको थियो ।

बागमती प्रदेश सभा ‘क’ का सदस्य छिरिङ दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल समेत कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दिपेशराज आचार्यले न्युटन इन्टरनेशनल कलेज सदैव गुणस्तरिय शिक्षातर्फ लम्किरहेको प्रतिबद्ध रहेको जानकारी गराएका थिए । कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य, गीत, कविता तथा प्रहसनको समेत प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ०३ बजे