२१ चैत्र २०८१, शुक्रबार | Sat Apr 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अटिजम समस्यामा सरोकारवाला चिन्तित : गहन अनुसन्धान गरी मानविय विकासमा लाग्नु पर्ने धारणा व्यक्त (भिडियोसहित)



यतिबेला नेपाली समाजम बालबालिकामा अटिजमको बढ्दो संख्या छ । विश्व अटिजम सचेतना दिवसको अवसरमा विश्वभर सचेतनादिवस समेत पाईयो । नेपालमा समेत अटिजम भएका क्षेत्र जिल्ला, नगरपालिका तथा विभिन्न अटिजमको क्षेत्रमा काम गर्ने संघसंस्था तथा अटिजम केयर सेन्टरहरुले सचेतनामुलक कार्यक्रम सम्पन्न गरे ।

यसै सन्दर्भमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ मा सञ्चालित अटिजम, बौद्धिक अपांगता केयर सेन्टरले समेत विभिन्न क्षेत्रमा आवद्ध समाजसेवी शिक्षाप्रेमी, सांसद् नगरप्रमुख, अटिजम विज्ञ, अभिभावक तथा स्वास्थ्यकर्मीहरुबीच जनसचेतनामुलक कार्यक्रम सम्पन्न भयो ।

यसै सन्र्दभमा महिला उत्प्रेरणा विकास मञ्चको आयोजना तथा वडा नम्बर १२ बलम्बुको सहकार्यमा सम्पन्न कार्यक्रममा सांसद तथा सामाजिक अभियान्ता ऋषिकेश तिवारीले अटिजमको विषय संसदमै उठाउन आफुले पहल गर्ने बताउनुभयो । अटिजम भएका बालबालिकाको हेरचाह तथा थेरापीको व्यवस्था मिलाउन अहिलेसम्म सरोकारवाल पक्ष लाग्न नसकेको भन्दै अभियान्ता तिवारीले सबै तहका सरकार गम्भीर हुनु पर्ने बताउनुभयो । उहाँले नीति निर्माण तहमा छलफल भई सचेतनामुलक कार्यक्रमलाई समेत व्यापक बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले यस संस्थाले उत्कृष्ट काम गरेको भन्दै नगरपालिकाबाट हरसम्मको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएपनि अटिजम जोखिमका बारेमा ध्यान नपुगेको भन्दै आगामी दिनमा यस समस्याबारेमा बजेटमा व्यवस्था गरि सहज रुपमा व्यवस्थापन गर्नमा लाग्ने बताउनुभयो । नगरपालिकाबाटै अटिजम केन्द्रको व्यवस्थापनमा अघि बढ्ने बताउनुभयो ।

पाटन अस्पतालका बालरोग मनोचिकित्सक डाक्टर अमित झाले बालबालिकालाई मोवाईलबाट टाडै राख्न अभिभावकहरुलाई सुझाव दिनुभयो । डा. झाले अटिजम भएका बालबालिकाहरुलाई थेरापी अभिावनको साथ नै अति आवश्यक पर्ने बताउनुभयो । उहाँले बालबालिकाले भन्दापनि अटिजमका अभिावकहरुले धेरै सिक्नुपर्ने बताउनुभयो । बालबालिकालाई पठाउनु भन्दा पनि अभिभावकलाई पढाउन अति महत्वपूर्ण भएको बताउनुभयो ।

समाजसेवी तथा शिक्षा प्रेमी राजेन्द्र बाँनियाले सबै तहका सरकारले भौतिक विकासलाई मात्र प्राथमिकतामा राखेका भएपनि मानविय विकासमा ध्यान नदिएको प्रति सरकारको ध्यानर्कषण गराउनुभयो । उहाँले पालिकाबाट जीवनको महत्वपूर्ण पक्ष स्वास्थ्य र शिक्षाको पक्षमा ध्यान नदिएको बताउनुभयो । भौतिक विकास केही कम भएपनि मानविय विकासलाई पहिलो प्राथमिकता दिई बजेट व्यवस्थापन गर्न सुझाव दिर्दै आफुले व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

अटिजम जनसचेतना कार्यक्रममा बोल्दै शिक्षाप्रेमी तथा समाज ईजिन्यिर उत्तमबहादुर राउतले अटिजम तथा बौद्धिक अपांगता भएका व्यक्तिको अनुसन्धान गरी विभिन्न क्षेत्रमा विभाजन गरी काम गर्नुपर्ने धारणा राख्नुभयो । नगरपालिकाले स्वास्थ्य स्वयमसेवीकाहरुलाई व्यापक परिचालन गरी सेवामा काम गर्न नगरपालिकाको ध्याकर्षण गराउनुभयो । शिक्षा नीति र ऐनमा समावेशी शिक्षाको विषयलाई उचित रुपमै सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

शिक्षाप्रेमी मुकुन्द घिमिरेले अटिजम भएका अभिभावकहरुले धेरै अवसरहरु गुमाएर एक जनाको सेवा लाग्नुपर्दा पारिवारीकरुपमै समस्या भोग्नुपरेको प्रति सरोकारवालाहरु गम्भीर हुनुपर्ने समय आएको बताउनुभयो । अटिजमको क्षेत्रमा आफु जुनसुकै सहयोग गर्न प्रतिवद्ध रहेको भन्दै उहाँले सम्बन्धीत सरकारले उनीहरुको सहयोग हेरचार र थेरापीबाटै दैनिक जीवन व्यवहार सुधार गर्न लाग्नुपर्ने बताउनुभयो ।

वडा नम्बर १२ का बडा अध्यक्ष न्हुच्छेबहादुर महर्जनले आफ्नो वडाबाट पूर्णरुपमा साथ र सहयोग रहने भन्दै सामाजिक रुपमै सहयोगको वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले एकजना परिवारमै अटिजम भएमा परिवारसंगै समाजलाई समेत प्रभावित पार्ने भएकाले यसमा सबैको सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो ।

अटिस्टिक अभिभावक किशोर भट्टले अभिभावक र सामाजिक रुपमा सहयोग केही सहयोग भएपनि प्रयाप्त नभएको बताउनुभयो । यो सेन्टर सञ्चाालक बास्तविक सामाजिक अभियान्ता भएकाले धन्यवाद दिर्दै आगामी दिनमा सामुदायस्तरबाटै सहयोगको खाचो रहेको धारणा राख्नुभयो । आफु बच्चा यस सेन्टरमा ल्याएपनि जीवनस्तरमा परिवर्तन भएको भन्दै अटिजम भएका बच्चालाई लुकाएर अभिभावकहरुले घरमै राख्न नहुने बताउनुभयो ।

अटिजम केयर सेन्टर बलम्बुकी सञ्चालिका गिता घिमिरेले सरोकारवाला पक्षले अटिजमका बच्चालाई बुझ्नु आवश्यक भएको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण चाहिएजति थेरापीका सामाग्रीहरु खरिद गर्न नसकिएको भन्दै आगामी दिन विस्तारै सबैमा ध्यान गएमा जुटाउन सकिने बताउनुभयो । अटिजम भएका बच्चाहरुको दैनिक व्यवहार परिवर्तनमा आफुहरुले थालेको कार्यलाई सबै तहका सरकार, समाजसेवी,अभिभावक, समुदायस्तरबाटै सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

अटिजम एक अवस्था हो, जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्छ । अटिजम शब्द पहिलो पटक १९११ मा सुरुवात गरिएको हो । मानिसमा अटिजमका लक्षण देखा पर्न थालेपछि सन् १९४० मा डाक्टरद्वय लियो क्यानर र ह्यान्स एस्पर्जरले अटिजमलाई बुझ्न थप प्रोत्साहन गरे । विश्व अटिजम जागरुकता दिवस आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घबाट सन् २००७ मा पारित भयो । अटिजम स्पेक्ट्रम डिसअर्डर ९एएसडी० बारे अनुसन्धान र समर्थन गर्न, देशलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवस मनाउन सुरु गरियो । यस वर्षको नारा ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने छ ।

मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसिप र कल्पनाशक्तिको विकासमा असर पुग्छ  । जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । बौद्धिक अपाङ्गता वा अटिजम कुनै रोग होइन । मस्तिष्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारका रूपमा देखिन्छ ।

अटिजम हुनुका कारण र उपचारका क्षेत्रमा धेरै अनुसन्धान भइरहेका छन् । कारण र निर्मूल गर्ने उपाय अझै पत्ता लाग्न सकेको छैन । विश्वभर अटिजमले कति मानिसलाई असर ग¥यो भन्ने फरक फरक अध्ययनका ठम्याइ पनि फरक फरक नै देखिन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक प्रतिशत मानिसमा अटिजम देखिने गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)को प्रतिवेदन अनुसार हरेक ५९ जनामध्ये एक जनालाई अटिजम हुने गरेको छ । त्यस्तै अटिजमको असर छोरीभन्दा छोरालाई तीन–चार गुणा बढी गर्ने गरेको सिडिसीको तथ्याङ्क छ । अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनीमा अन्य व्यक्तिभन्दा २५ गुणा बढी अटिजम हुने तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा कति जनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन नै भएको छैन । नेपालको जनगणना–२०७८ अनुसार छ लाख ४७ हजार ७४४ जना अर्थात् कुल जनसङ्ख्याको २।२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । जसमा अटिजम तथा बौद्धिक अपाङ्गताको जनसङ्ख्या ६२ हजार ३७२ छ । हामीले सत्यपूर्ण रूपमा अटिजम भएका व्यक्तिको सूचना सही नदिएकै कारण विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानसँग मेल खाँदैन । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर एक प्रतिशत जनसङ्ख्यामा अटिजम रहेको तथ्याङ्क सार्वजनिक गरेको देखिन्छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) को अध्ययनले पछिल्लो समयमा अटिजम भएका बालबालिकाको सङ्ख्या बढ्दै गएको देखाउँछ । २०२३ मार्चमा प्रकाशित तथ्याङ्क अनुसार २०१६ मा प्रति ५४ जना बच्चामध्ये एक जनामा अटिजम देखिन्थ्यो । २०१८ मा प्रति ४४ बच्चामध्ये एक जनामा अटिजम देखियो भने २०२० मा यो बढेर प्रति ३६ बच्चामध्ये एक जनामा अटिजम हुने गरेको पाइएको छ । नेपालमा जन्मेदेखि चार वर्ष उमेर समूहका बालबालिकामा २१।९ प्रतिशतमा अटिजमको उच्च जोखिम रहेको तथ्याङ्क छ ।

विश्वभरि नै अटिजम बालबालिकाको जन्मदर बढ्दो छ । विश्व तथ्याङ्क आकलन गर्दा नेपालमा पनि अटिजम बालबालिका तीन लाखभन्दा बढी भएको अनुमान लगाउन सकिन्छ । यता छिमेकी मुलुक भारतमा अटिजम हुनेको सङ्ख्या आठ करोड रहेको अनुमान छ । सकेसम्म चाँडै लक्षण पत्ता लगाएर समयमै सिकाइको अवसर पाए अटिजम भएकाको जीवनयापन सहज हुने गर्छ । अटिजम र यस प्रकारको व्यवहार व्यक्तिमा जीवनभर रहिरहन्छ । अटिजम भएका केही व्यक्तिहरूमा बौद्धिक क्षमता तिक्ष्ण रहेको पाइन्छ भने केहीमा बौद्धिक अपाङ्गता रहेको पाइन्छ ।

अटिजम हरेक व्यक्तिमा अलग अलग किसिमका लक्षण देखिन्छन् । बालबालिका जन्मेको छ महिनादेखि नै क्रमशः तीन वर्षसम्ममा यसका लक्षण प्रस्ट भइसक्छन् । वयस्क अवस्थामा पनि विभिन्न रूपमा रहन्छन् । अटिजम निको पनि हुँदैन । विभिन्न थेरापी, विशेष शिक्षा, हेरचाह एवं तालिमबाट सामान्य विद्यालय जान सक्ने गरी तयार गर्नु पर्छ भने कतिपय बालबालिका सामान्य विद्यालय जान सक्ने अवस्थामा पुग्दैनन् र उनीहरूको विद्यालय शिक्षा पनि विशेष विद्यालयमा नै व्यवस्थापन गर्नु पर्छ ।

अटिजमका लक्षण

आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने । असान्दर्भिक हँसाइ तथा रुवाइ । आँखामा आँखा जुधाउन नसक्ने । घाउचोट तथा दुखाइप्रति वास्ता नगर्ने । एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने । सामान घुमाइरहने तथा अँगालो हालेको मन नपराउने । बोलाउँदा नबोल्ने साथै नसुने जस्तो भइदिने । आफ्नो आवश्यकताको सामान औँलाले नदेखाउने वा ठुलो मानिसको हात समातेर देखाउने, शब्दको प्रयोग नगर्ने । कल्पना गरेर खेल नखेल्ने वा दोहो¥याएर एउटै खेल खेलिरहने । सामान्य शिक्षण विधिबाट सिक्न नसक्ने । हरेक दिन एउटै काम गर्न रुचाउने तथा परिवर्तन नरुचाउनेलगायतका बानीबेहोरा बालबालिकामा देखा पर्नु अटिजमको लक्षण हुनु हो ।

अटिजम भएमा के गर्ने ?

बौद्धिक अपाङ्गता एवं अटिजम भएका बालबालिका र युवालाई व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा समाजमा सजिलै पुनस्र्थापना गराउनु पर्छ । अटिजम भएका बालबालिकाका लागि आवश्यक थेरापीसहित क्षमतानुकूलको शिक्षा उनीहरूको मौलिक अधिकार हो । जनचेतनाको अभावका कारण अटिजम भएका बालबालिका शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्था छ । समाजमा अटिजम सचेतना कार्यक्रम सञ्चालन गर्दै विधागत विज्ञहरूको परामर्श लिई उनीहरूको समस्या र चुनौतीको पहिचान गरी सोही अनुरूपको शिक्षा, स्वास्थ्य सेवा पु¥याउन अटिजमको क्षेत्रमा काम गर्ने थेरापी केन्द्रसँग सहकार्य गर्नु जरुरी छ ।

अटिजम भएका बालबालिकाको फरक क्षमता र बौद्धिक अवस्था अनुसारको शिक्षाको व्यवस्था नहुँदा उनीहरूको जीवन निकै कष्टकर बनेको छ । मूलधारका विद्यालयमा अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने शिक्षा र स्वास्थ्य सेवा सम्भव नहुने भएका कारण यस प्रकारका बालबालिकाको शिक्षाका लागि विशेष विद्यालयमा नै उपलब्ध गराउन आवश्यक हुन्छ । हाम्रो समाज र स्वयम् अभिभावकले समेत बच्चामा देखा परेको अटिजमको समस्यालाई स्वीकार नगरी सामान्य विद्यालयमा पठाउँदा अटिजम भएका बालबालिकाको झनै बानी, व्यवहार र कार्यशैलीमा समस्या आउने गरेको छ । सानो उमेरमै अटिजम विशेष शिक्षामा परामर्श तथा थेरापी गराउन ढिला गर्नु हुँदैन ।

जीवन सहज बनाउने तरिका

अभिभावकले बालबालिकालाई पर्याप्त समय दिनुका साथै उनीहरूलाई रचनात्मक काममा क्रियाशील गराउनु पर्छ । आफ्ना बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनु पर्छ । अटिजम केन्द्रमा थेरापीका माध्यमबाट पनि सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस्तो समय बालबालिकाका अतिरिक्त उनीहरूका अभिभावकले पनि यससम्बन्धी थेरापी तथा जीवन सिकाइ प्रक्रियासम्बन्धी सिप र ज्ञान लिनु आवश्यक हुन्छ ।

अटिजमको उपचार

अटिजमको विश्वमा अहिलेसम्म कुनै औषधी छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक हुन्छ । अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोगप्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भएका छन् ।

शिक्षा प्राप्त गर्न पाउनु सबै बालबालिकाको मौलिक अधिकार हो । नेपालको सन्दर्भमा विद्यालयमा विशेष शिक्षाको व्यवस्था सहज छैन । यस कारणले अटिजम भएका बालबालिका, युवा र तिनका परिवार ठुलो मर्कामा परिरहेका छन् । शिक्षाको सुविधा सहज उपलब्ध गराउन नसक्नाले कतिपय विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई भर्ना लिन हिच्किचाउँछन् । भर्ना लिइहाले पनि अपाङ्गतामैत्री वातावरण नहुने, विशेष हेरचाह नहुने, एउटै कक्षामा धेरै वर्ष बिताउनुपर्ने, नियमित उपचार तथा थेरापी नहुने हुँदा त्यस्ता बालबालिकामा झन् नकारात्मक असर परिरहेको हुन्छ । एकै प्रकारको अपाङ्गता भएका बालबालिकामा पनि एकनास अवस्था हुँदैन । धेरै बालबालिका साधारण विद्यालयमा समायोजन हुन सक्दैनन् । अटिजम भएका धेरै व्यक्ति बाँधिएर थुनिएर बस्नु परेको छ ।

अटिजम भएका बालबालिकाका लागि आवश्यक थेरापीसहित क्षमतानुकूलको शिक्षा उनीहरूको मौलिक अधिकार हो । जनसचेतनाको अभावका कारण अटिजम, बौद्धिक अपाङ्गता (आत्मकेद्रित) भएका बालबालिका तथा किशोरकिशोरी शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । यता अभिभावकमा थेरापीको सामान्य ज्ञान नहुँदा अभिभावक अन्योलमा रहेका कारण बालबालिका घर र समाजमा तिरस्कृत हुनु परेको छ । अटिजम भएका बच्चाका अभिभावकले परिवार, आफन्त र समाजबाटै विभेद खेपिरहनु परेको छ । तसर्थ अटिजमसम्बन्धी जनसचेतना जगाउँदै अटिजम भएका बालबालिका र किशोरकिशोरीलाई साधारण शिक्षाका साथै थेरापीद्वारा शारीरिक र मानसिक रूपमा सबल बनाउनु सरोकारवाला पक्षको दायित्व हो ।
भिडियो सौजन्य : ज्ञानेन्द्र महत, शब्द यमन पौड्याल

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १ : २८ बजे