राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम २१७ ९क० को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत् जानकारी दिनुभएको हो।
शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरेलगायत संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो।
प्रतिक्रिया