११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक



ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको छ । स्थिर ब्याजदरमा ‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना ल्याएको बैंकले जनाएको छ ।

सो कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकले वातावरणमैत्री गतिविधिहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ तथा क्रेडिट कार्ड समेत निःशुल्क जारी गरिने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इको–फ्रेन्डली घररभवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि उक्त कर्जा लिन सकिनेछ ।

वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत उक्त कर्जाको उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ३५ बजे