५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


दहचोकको मनमोहन अस्पतालमा फिजियोथेरापी सुरु (भिडियोसहित)



मनमोहन अस्पताल दहचोकमा फिजियोथेरापी सेवा सुरु भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित मनमोहन अस्पतालले अत्याधुनिक सुविधासहितको फोजियोथेरापी सेवा सुरु गरेको हो । आजबाट सुरु भएको यस सेवा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म लिन सकिने फिजियोथेरापिष्ट डा. अजयकुमार साहले जानकारी दिनुभयो । अब केही दिनमा प्रस्तुती सेवा समेत सुरु गर्न लागेको अस्पतालमा आकस्मिक सेवा समेत रहेको छ ।

मनमोहन अस्पतालले बाल रोग, जनरल मेडिसिन, छालारोग, नाक, कान, घाँटी, दन्त चिकित्सा, स्नायु रोग, हाडजोर्नीको परिक्षण जस्ता सेवा दिदै आएको छ । अस्पतालका क्लिनिक संयोजक तथा आर्थोपेडिक सर्जन डाक्टर आनन्दमणि उपाध्यायले अस्पतालले स्वास्थ्य परिक्षणका साथै उपचारमा आफुहरुले सेवा दिर्दै आएको भन्दै आगामी दिनमा टमा सेवा समेत सुरु गर्ने बताउनुभयो ।

डाक्टर उपाध्यायले यस अघि समेत ऋचा सह शिक्षा सदनमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीयका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाउनुभयो ।
यता भखर सुरुवाती चरणमा रहेको मनमोहन अस्पतालले ल्यावसेवा, भिडियो एक्से, एक्से, फारमेसी मुत्र सेवा, जनरल सर्जली, चरम रोग, स्त्री रोगलगायतका सेवा दिने अस्पताल प्रशासनले जनाएको छ । साथै अस्पतालले हाडजोर्नीको अप्रेशन समेत गरिसेको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ३ : ३० बजे