१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्य


तनहुँमा पहिरोबाट चार जनाको मृत्यु



तनहुँ, असार २३ गते ।

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा तनहुँको शुक्लागण्डकी र ऋषिङ गाउँपालिकामा गरी चार जनाको मृत्यु भएको छ ।

पहिरोले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा घरमाथिबाट आएको पहिरोमा पुरिएर ४० बर्षीय हिरा नेपाली, ६५ बर्षीय स्याम अधिकारी र ३७ बर्षीया अनिशा वास्तोला रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तनहुँ हाईड्रोपावरको सुरुङमार्ग बाहिर काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर ऋषिङ गाउँपालिका १ मालिङ्गा बस्ने ५० बर्षीय कृष्णबहादुर पुलामी मगरको मृत्यु भएको छ । टाउकोमा चोट लागेर उपचारको लागि दमौली अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  १२ : १७ बजे