५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


भरतपुरः क्रिकेट रङ्गशाला ३० महिनाभित्र सक्ने



चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपलिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । ३० महिनाभित्र रङ्गशालाको पहिलो चरणको निर्माण सक्ने गरी निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरिएको भरतपुर महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

सम्झौतामा रङ्गशालाको काम २०८३ साल पुस २२ गतेभित्र सक्ने उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार निर्माण कम्पनीले रङ्गशालामा मैदान सहित पाँच वटा पिच, तीन-तीन तलाको दुईवटा टावर, १० हजार क्षमताको प्याराफिट सहित मैदान लगायतका निर्माण गर्नेछ ।आयोजनाको सम्झौता लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँ रहेको छ । रङ्गशाला निर्माणका लागि आउँदो आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् ।

यस्तै बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । शुरु रङ्गशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले पाँच हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । धुर्मस–सुन्तली फाण्डेशनले चन्दा सङ्कलन गरी बनाउन शुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेदेखि पूर्ण रूपमा काम रोकेको थियो ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ७ : ४३ बजे