४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व


रूसद्वारा युक्रेनी बाल अस्पतालमा क्षेप्यास्त्र आक्रमण



रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएका छन।

केही महिनायता किएभमा भएको यो सबैभन्दा ठुलो बमबारी थियो । युक्रेनी वायुसेनाका अनुसार दिउँसै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताए । किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण शहरका भवनहरू हल्लिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताउनुभयो ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ८ : ४७ बजे