१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


छोरा सहित हराएकी एक महिला भुटानमा बन्दी



गएको वैशाख ५ देखि बाँकेको बैद्यनाथ गाउँपालिका–७ बाट छोरा सहित हराएकी एक महिला भुटानमा बन्दी भएको खुलेको छ । माइत जान्छु भनेर चार वर्षीय छोरा सहित घरबाट हिँडेकी गणेश ठकुरीकी श्रीमती भुटानमा बेचिएको र बन्दी भएको खुलेको हो ।

रोजगारीका लागि भारतमा रहेका ठकुरी श्रीमती हराएको चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लाग्नुभएको थियो । खोजी गर्दा पनि श्रीमती सम्पर्कमा नआएको र पछि नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले ३० हजार भारतीय रुपैयाँमा बेचबिखन गरेको थाहा पाएको उहाँको भनाइ छ ।

भुटानमा गाडी चलाउने नेपाली चालक सुरज विक मार्फत खबर पाएपछि मात्रै भुटानमा बेचिएको बारे थाहा भएको गणेशको भनाइ छ । अहिले भुटानमा रहेको निश्चित भएसँगै जतिसक्दो छिटो नेपाल झिकाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ७ : १३ बजे