९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


संसदीय छानबिन समितिले सहकारी पीडितसँग छलफल गर्दै



सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग आज छलफल गर्दैछ । सहकारीका पीडितहरु सँग प्रतिनिधिमूलक ढंगले छलफल गर्न लागेको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

२९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरुलाई बोलाइएको उहाँले बताउनुभयो । विभिन्न संघर्ष समितिका रुपमा र व्यक्तिगत रुपमा समेत समेत सहकारी पीडितलाई बोलाइएको उहाँले बताउनुभयो ।समग्र सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम अघि बढाएको थापाले दाबी गर्नुभयो ।

संसदीय छानबिन विशेष समितिले यसअघि पनि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  १० : १७ बजे