१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बाढीले ल्याएको दाउरा निकाल्ने क्रममा बगाउँदा एक जना बेपत्ता



तनहुँमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता हुनुभएको हो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भइरहेको बताउनुभयो ।बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनारमा भीड लाग्ने गर्छ ।

प्रहरीले बाढीका बेला मानिस नै बग्ने र ज्यानै समेत जाने जोखिम हुने भएकाले बाढी आएका बेला दाउरा निकाल्ने, माछा छोप्ने जस्ता काम नगर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ८ : १६ बजे