८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने



काठमाडौँ, २९–असार २०८१, शनिबार ।। आज काठमाडौँका विभिन्न स्थानमा तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरूद्ध हुने भएको हो।

सिंहदरबार २ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिषरभित्रका सबै मन्त्रालय, सिंहदरबारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरूद्ध हुने छ। ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशनबाट पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्बासी वस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ। ती क्षेत्रहरूमा भूमीगत केबल चार्जका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिरकरणले जनाएको छ।

समयअगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरूद्ध हुने भएको हो।

सिंहदरबार २ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिषरभित्रका सबै मन्त्रालय, सिंहदरबारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरूद्ध हुने छ।ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशनबाट पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्बासी वस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

ती क्षेत्रहरूमा भूमीगत केबल चार्जका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिरकरणले जनाएको छ।
समयअगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ८ : ५६ बजे