९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मनसुनको एक महिने अबधिमा १०३ जनाको मृत्यु



गत जेठ मनसुन सुरुयता बाढी, पहिरो र चट्याङमा परी १०३ जनाले ज्यान गुमाइ सकेका छन्। सबैभन्दा धेरै पहिरोमा परेर ५२, बाढीले २८ र चट्याङमा परी २३ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

एक महिनाको अवधिमा विपत्मा परी ११३ जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान त्रिशूलीमा दुई बसका यात्रुबाहेक अन्य घटनामा ६ जना बेपत्ता भएका छन्।यो अवधिमा तीन हजार चार सय ७३ परिवार विस्थापित भएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताउनु भयो।

त्यस्तै, ११ करोड ४८ लाख ७६ हजार बराबरको आर्थिक क्षति भएको आकलन गरिएको छ। बाढी–पहिरोले ४१ वटा पुलमा क्षति पुगेको छ। सबैभन्दा ठूलो मानवीय क्षति गण्डकीमा भएको छ, जहाँ ३८ जनाले ज्यान गुमाएका छन्।

लुम्बिनीमा २३, कोशीमा १९, सुदूरपश्चिममा सात, बागमतीमा ६, मधेशमा पाँच र कर्णालीमा चारजनाले ज्यान गुमाएका छन्। त्यस्तै, काठमाडौं उपत्यकामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ३ : ४० बजे