९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अनलाइन मार्फत ठगी गर्ने एक महिला पक्राउ



दमौली, २९ आषाढ २०८१ शनिबार। जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।

निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेज मार्फत विदेशबाट मोबाइल लगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् ।

पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ४ : ५० बजे