१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


युक्रेनद्वारा रुस माथि ड्रोन आक्रमण



युक्रेनी ड्रोन आक्रमण पछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको त्यहाँका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन् ।ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत भने नभएको गोलुबेभले टेलिग्राममा उल्लेख गरेका छन् ।

यो क्षेत्र ‘फ्रन्टलाइन’बाट सयौँ किलोमिटर टाढा छ । यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले चार युक्रेनी ड्रोन खसालेको घोषणा गरेको छ ।

मस्को र किभ दुवैले ड्रोन प्रयोग गरेका छन्, जसमा सन् २०२२ फेब्रअरीमा सुरु भएको द्वन्द्वमा सयौँ किलोमिटर फैलिएको दायरा सहित ठूलो सेल्फ–डिटोनेटिङ क्राफ्ट समावेश छ ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ८ : ४४ बजे