११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अदानचुलीमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार



सिमकोट। अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती लक्ष्मी बुढालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सुत्केरी व्यथाले च्यापेपछि लौँठी स्वास्थ्यचौकीमा पुर्‍याइएको र त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको हो।

बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताउनु भयो। ‘सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्यचौकीमा ल्याइएको थियो, तर सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो’,

संयोजक भण्डारीका अनुसार। यसका लागि स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनु भयो।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ६ : ३३ बजे