१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते



पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । गएराति ट्रम्पको चुनावी र्‍यालीमा चलिरहेका बेला गोली चलेको हो । र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए । ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटना विरुद्ध सबै एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ८ : २२ बजे