काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भोलि नियुक्त गर्ने भएपनि शपथ ग्रहण सोमबार हुने बताइएको छ ।
नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आइतबार साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण पर्सिलाई तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
ओलीको नियुक्ति भोलि र शपथ ग्रहण सोमबार बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया