काठमाडौ । संघीय संसदका दुबै सदनको बैठक स्थगित भएका छन् । आज बस्ने तय भएका दुबै सदनको बैठक भोलि सम्मका लागि स्थगित भएका हुन् ।
आज दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले भोलि दिउँसो १ बजे र आजै दिउँसो सवा १ बजे बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक भोलि बिहान साढे ११ बजे बस्नेगरी तय गरिएको संसद सचिवालयले जनाएको छ ।
नयाँ सरकार गठनका लागि समय लागेकाले संसद बैठक स्थगित भएको बताइएको छ ।
प्रतिक्रिया