३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कोपा अमेरिका : भोलि बिहान अर्जेन्टिना र कोलम्बिया बीच फाईनल भिडन्त



कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान अर्जेन्टिना र कोलम्बिया बीच हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ५ः ४५ बजे देखि हुदैछ ।

अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने कोलम्बियाले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।अहिले सम्म १५ पटक कोपाको उपाधि जितेको अर्जेन्टिना यो सहित ३० औ पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ । अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ ।

त्यस्तै अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन पनि हो । अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक २०२१ मा कोपा अमेरिका जितेको थियो भने अहिले लगातार दोस्रो पटक फाइनल खेल्दै छ । त्यस्तै कोलम्बिया भने २००१ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ४६ बजे