३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सरकारले विपदमा बेपत्ता व्यक्ति १० दिनसम्म नभेटिए मृतक सरह राहत उपलब्ध गराउने



काठमाडौं। सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढि पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

विपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिन सम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय बैठकले गरेको जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ९ : २१ बजे