१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना



काठमाडौँ — पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन ओलीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताउनुभयो ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शेहबाजले व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : १० बजे