काठमाडौँ, १ श्रावण २०८१ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ ।
उहाँले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो राजीनामा बुझाउनु भएको थियो । उक्त राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर आज जानकारी गराउनु भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमाले बीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजनीनामा बुझाउनु भएको हो ।
प्रतिक्रिया