८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी



काठमाडौँ, २ श्रावण २०८१ । चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।

आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगो नियन्त्रणमा आइसकेको छ। पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो।

वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो। त्यहाँ सकेर वडा नम्बर ८ कृष्णपुरमा आज बिहान पुग्दा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीलाई जलाएको हो। स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएको थियो। स्थानीयहरूले सं‌घर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आएको थियो।

केही समयअघि पनि सर्भे गर्न पुगेको टोलीलाई स्थानीयले नियन्त्रणमा लिएको थियो। दोस्रो पटक पुगेको टोलीलाई पुन: नियन्त्रणमा लिएर गाडी नै जलाइदिएको हो।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : ५५ बजे