१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चीनको जिगोङ शहर स्थित एक डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु



दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको जिगोङ शहरमा १४ तले भवनमा रहेको डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन् ।

आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ । आगलागी पछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा आगलागी रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् ।

चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : १२ बजे