११ श्रावण २०८२, शनिबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अमेरिकी राष्ट्रपति बाइडेनलाई तेस्रो पटक कोरोना संक्रमण पुष्टि



अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस अघि दुई पटक कोभिड–१९ पुष्टि भएका ८१ वर्षीय बाइडेनलाई तेस्रो पटक संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ । चुनावी अभियानको क्रममा लस भेगासमा पुगेका बाइडेनलाई कोभिड पुष्टि भएपछि अरु कार्यक्रम रद्द गरिएको बीबीसीले जनाएको छ ।

कोरोना संक्रमण भए पछि अब उनी केही दिन आइसोलेसनमा बस्नेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : १७ बजे