९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, ४ साउन २०८१ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि बिहीबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १२ : ३२ बजे