२३ असार २०८२, सोमबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


जुनसुकै बेला विपद्जन्य घटना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिनुभएका छ । भर्चुअल माध्यमबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मनसुनजन्य विपद्‍बाट प्रभावित भएका नागरिकलाई राहत तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लेखकले सिमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गर्दै,
विपद् व्यवस्थापन गर्न आवश्यक प्रविधिको उपलब्धताका लागि मन्त्रालयले पहल गरिरहेको बताउनुभयो। विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रण लगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले सो अवसरमा निर्देशन दिनुभयो।

भर्चुअल बैठकमा गृह सचिव एकनारायण अर्यालले विपद्को सुरुआती दिनमै यस पटक देशभर धेरै जनधनको क्षति भएको बारे बताउनु भएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ३ : २७ बजे