८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सिन्धुपाल्चोकमा पहिरोका कारण ठाउँ–ठाउँमा सडक अवरुद्ध



६ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँठाउँमा अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने स्थानमा सडक भासिएपछि दुईतर्फी नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : २० बजे