८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सिमलताल दुर्घटना : भारतीय टोलीद्वारा बेपत्ताको खोजी सुरु



काठमाडौं, साउन ६ गते । चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आइतबारदेखि खोजी सुरु गरेको छ ।

अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित आएको १२ सदस्यीय भारतीय टोलीले आज बिहान करिब १० बजेदेखि खोजी सुरु गरेको हो ।

नेपाल सरकारको आग्रहमा भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टोली शनिबार चितवन आएको थियो । सो टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा घटना विवरणबारे जानकारी लिएको थियो । सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा गएराति बसेको भारतीय टोली आज बिहानदेखि खोजी कार्यमा खटिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोली एक सातासम्म नेपालमा रहने छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ४६ बजे