काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागी राखिएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
ओलीको प्रस्तावको पक्षमा १८८ विपक्षमा ७४ र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बसेको संसद बैठकमा २६३ जना सांसद को उपस्थिति रहेको थियो ।
काँग्रेस एमालेले गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्ने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया