९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना



काठमाडौं, ८ साउन २०८१ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा राति देखि नै हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ६ : २७ बजे