८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पाइलट मनीष शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने



काठमाडौँ, साउन ९ गते। सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीष शाक्यको शल्यक्रिया सुरु भएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मेरुदण्डको अपरेसनका लागि शल्यक्रिया कक्षमा लगिएको अस्पतालका निर्देशन डा।सुमन श्रेष्ठले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “उहाँको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। आँखा माथि चोट लागेको छ । अहिले उहाँलाई शल्यक्रिया कक्षमा घाउँमा टाँका लगाउँदै छौँ।आज आँखा र शरीरका विभिन्न ठाउँको शल्यक्रिया सुरु भएको हो ।” ७२ घण्टा न्युरो वार्डमा निगरानीमा राखेर हेर्ने उहाँले जानकारी दिनुभयो। क्याप्टेन शाक्यको ढाँडको शल्यक्रिया भने केही दिनपछि मात्र गर्ने योजना रहेको उहाँले बताउनुभयो।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ३४ बजे