२२ असार २०८२, आइतबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ



तनहुँ, १० साउन २०८१ । स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुईजना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिर स्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी पक्राउ परेका हुन्। काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शंका लागेर जाँच गर्दा नगद बरामद भएको हो।

यसैगरी गैरकानुनी ढङ्गले विदेशी मुद्रा तिब्बत तर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलर सहित पक्राउ परेका हुन्।

 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : २६ बजे