२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


स्रोत नखुलेको १२ लाख नगदसहित दुई जना पक्राउ



तनहुँ, साउन १० गते । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् ।

तनहुँको व्यास नगरपालिका(३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका(५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका(१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो ।

काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १० : ४८ बजे