७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


देशकै पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला



काठमाडौं । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।

उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो । सरकारको यो निर्णय सँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।

यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ७ : ०३ बजे