२२ असार २०८२, आइतबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


ग्वार्कोस्थित गेष्ट हाउसमा फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु



काठमाडौं, साउन ११ गते । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले बताउनुभयो ।

प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ०१ बजे