७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


टीआरसी विधेयकलाई अन्तिम रुप दिन आवश्यक परामर्श गर्ने निर्णय



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ।

सिंहदरबारमा बसेको बैठकले अन्तिम रुप दिनको लागि आवश्यक परामर्श गर्ने निर्णय भएको कार्यदलका संयोजक महेश बर्तौँलाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामी यो बिषयलाई अन्तिम रुप दिँदैछौं। फाइनल गर्नको लागि केही रायहरु पनि सोमबारसम्म लिन्छौं। परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ।’

पीडितमैत्री, हिजोको सर्वोच्चको फैसला र अन्तराष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने उहाँको भनाइ छ । उहाँले अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाउने बताउनुभयो ।

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौँला र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुभएको थियो ।

माओवादीका उपमहासचिव जनार्दन शर्माले पनि छलफल सैद्धान्तिक रुपमा सहमति नजिक रहेको बताउनुभयो। आजै टुंग्याउने भनिएपछि बाँकी बिषयमा सरोकारवालाहरुलाई छलफल गरेर प्रतिवेदन तयार पार्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : २५ बजे