५ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सन्दीप विरूद्ध पुनरावेदन नगरिदिन उच्च अदालतमा गौशाला २६ को निवेदन



काठमाडौँ— क्रिकेटर सन्दीप लामिछाने विरुद्ध पुनरावेदन नगरिदिन अनुरोध गर्दै निवेदन दिएको खुलेको छ । निवेदन ‘गौशाला–२६’ ले दिएको हो कि अन्य कुनै युवतीले भन्ने स्पष्ट खुलाइएको भने छैन । तर गौशाला २६ कै नामबाट निवेदन प्राप्त भएको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटनमा यही साउन ८ गते हस्तलिखित निवेदन दिएर उनले आफूमाथि बलात्कार नभएको बताएको उच्च अदालत पाटनका सहन्यायाधिवक्ता महेश खत्रीले जानकारी दिनुभयो। उनले संस्थाको दबाबमा आफूले विगतमा जाहेरी दिएको भन्दै अब थप पुनरावेदन नगर्न आग्रह गरेको बताएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : ४६ बजे