९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मनसुन फेरि सक्रिय हुँदै , सतर्कता अपनाउन सरकारको आग्रह



काठमाडौं, १३ साउन । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि सक्रिय हुने छ । आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ ।

एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना देखिएको छ । गत १२ घण्टामा पनि बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ । सिन्धुपाल्चोक र लम्जुङमा अति भारी वर्षा भएको छ । आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाका कारण बाढी–पहिरोको जोखिम औल्याउदै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ४१ बजे