काठमाडौं, साउन १३ गते । चितवनको सिमलतालमा त्रिशुली नदीमा खसेर बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी कार्य आज देखि रोक्ने तयारी गरिएको छ । दुई बसमा रहेका ३७ यात्रु १७औं दिनदेखि बेपत्ता छन् ।
नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात रहेको प्रशासनले जनाएको छ । दुई बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । तीमध्ये ४ शवको अझै सनाखत हुन सकेको छैन ।
खोजीका लागि आएको भारतीय टोली आजै फर्किने तयारीमा छ । नेपाली टोलीले पनि सरोकारवालासँग छलफल गरेर खोजी कार्य रोक्ने तयारी गरिएको जनाएको छ ।
प्रतिक्रिया