३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


क्रिकेटर सन्दीपको निलम्बन फुकुवा



नेपाल क्रिकेट संघ क्यानले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । असोज २० मा पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो ।

२९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : २८ बजे