६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक



काठमाडौँ, साउन १४ गते । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले टिआरसी विधेयक करिव टुङ्ग्याउने चरणमा पुगेको बताउनुभयो ।

उहाँले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरुसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो ।

प्रमुख सचेतक बर्तौलाले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ११ बजे