१४ असार २०८२, शनिबार | Sat Jun 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिदै



हेटौंडा, साउन १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : ०० बजे